बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एमालेका दुई केन्द्रीय सदस्यले ओलीबाट लिए शपथ

शुक्रबार, १२ कात्तिक २०७८, १७ : ४९
शुक्रबार, १२ कात्तिक २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका २ जना केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । बालकोटस्थित आफ्नै निवासमा ओलीले केन्द्रीय सदस्यद्वय कुन्दन कुश्वाहा र महमद समीरलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

केही दिनअघि बसेको केन्द्रीय समितिको बैठकले कुश्वाहा र समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो । शुक्रबार सम्पन्न शपथग्रहण कार्यक्रममा अध्यक्ष ओली, अन्य केन्द्रीय पदाधिकारीका साथै पूर्व मन्त्री प्रभु साहको समेत उपस्थिति थियो । नव मनोनित दुवै केन्द्रीय सदस्य प्रभु साह निकट हुन् । 

कुन्दन कुश्वाहा रौतहट क्षेत्र नम्बर ३ (ख) बाट माओवादी केन्द्रको उम्मेदवारका रुपमा प्रदेश सांसदमा निर्वाचित भएका थिए । त्यसैगरी महमद समीर बारा क्षेत्र ३ बाट माओवादी पार्टीको सिफारिसमा प्रदेश सांसद थिए । एमालेमा प्रवेश गरेसँगै दुवैको प्रदेशसभा सदस्य पद गुमेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप