एमालेका दुई केन्द्रीय सदस्यले ओलीबाट लिए शपथ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका २ जना केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । बालकोटस्थित आफ्नै निवासमा ओलीले केन्द्रीय सदस्यद्वय कुन्दन कुश्वाहा र महमद समीरलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
केही दिनअघि बसेको केन्द्रीय समितिको बैठकले कुश्वाहा र समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो । शुक्रबार सम्पन्न शपथग्रहण कार्यक्रममा अध्यक्ष ओली, अन्य केन्द्रीय पदाधिकारीका साथै पूर्व मन्त्री प्रभु साहको समेत उपस्थिति थियो । नव मनोनित दुवै केन्द्रीय सदस्य प्रभु साह निकट हुन् ।
कुन्दन कुश्वाहा रौतहट क्षेत्र नम्बर ३ (ख) बाट माओवादी केन्द्रको उम्मेदवारका रुपमा प्रदेश सांसदमा निर्वाचित भएका थिए । त्यसैगरी महमद समीर बारा क्षेत्र ३ बाट माओवादी पार्टीको सिफारिसमा प्रदेश सांसद थिए । एमालेमा प्रवेश गरेसँगै दुवैको प्रदेशसभा सदस्य पद गुमेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण