शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने पक्षमा एमाले छैन : कृष्णभक्त पोखरेल

शुक्रबार, १२ कात्तिक २०७८, १७ : १६
शुक्रबार, १२ कात्तिक २०७८

नेकपा एमालेका नेता तथा सांसद कृष्णभक्त पोखरेलले समग्र न्यायपालिकाभित्र देखिएको विकृति र विसंगति हटाउनुपर्नेमा जोड दिए पनि आफ्नो पार्टी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग ल्याउने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले आफूहरु समग्र न्यायपालिकाको सुधारको पक्षमा रहेको बताए । आफ्नो पार्टीले अहिले न्यायालयभित्र देखिएको विवादलाई ‘वाचडग’को रुपमा हेरिरहेको पनि उनले सुनाए ।

उनले भने, ‘नेकपा एमालेले वाचडगको रुपमा हेरिरहेको छ । माननीय न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गरौं । त्यसमा कहाँ कानून बनाउनुपर्छ, हामी तयार छौं ।’ उनले सत्तापक्षले संसद्लाई आफ्नो स्वार्थअनुसार चलाएको टिप्पणीसमेत गरे ।

‘अहिले संसद्को अधिवेशन अन्त्य गरिएको छ, कुनै पनि संसद्को बैठक कार्यव्यवस्था परामर्श समितिको बैठकको सहमतिअनुसार चल्नुपर्ने हो,’ उनले भने, ‘तर परामर्श समितिको बैठक बसेन । पेलेर जाने हिसाबले संसद् चल्न थाल्यो । यो गलत हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप