शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

प्रधानाध्यापकलाई विद्यार्थीबाटै दुर्व्यवहार

शुक्रबार, १२ कात्तिक २०७८, १६ : ५०
शुक्रबार, १२ कात्तिक २०७८

सीके राउत नेतृत्वको जनमत पार्टी निकट विद्यार्थी संगठनले सबैला नगरपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकलाई दुर्व्यवहार गरेका छन् । यद्यपि जनमत पार्टी र उसको विद्यार्थी संगठनले भने यसको जिम्मेवारी लिएको छैन ।

शुक्रबार धनुषाको सबैलास्थित रघुनाथपुरमा रहेको फकिर चन्द उच्च माध्यमिक विद्यालय, बरकुर्वाका प्रधानाध्यापक वैजु साहलाई जनमत पार्टी निकट विद्यार्थी संगठनको अगुवाइमा कालोमोसो दलेर दुर्व्र्यवहार गरिएको स्थानीयवासीले जनाएका छन् ।

मोटरसाइकल चढेर विद्यालय जाँदै गरेको अवस्थामा प्रधानाध्यापक साहलाई विद्यार्थीहरुले रोकेर कालोमोसो सहित चप्पलले कुटपिट गरेको बताइएको छ । विगत चार दिनदेखि पाँच सूत्रीय माग राख्दै आन्दोलनरत विद्यार्थीले प्रधानाध्यापकलाई दुर्व्यवहार गरेका हुन् । विद्यार्थीहरुले नियमित पठन–पाठन हुनुपर्ने, शिक्षकको व्यवस्थापन हुनुपर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको बिल विद्यार्थीहरुले पाउनुपर्ने, कक्षा ११ र १२ का विद्यार्थीले पुस्तक पाउनुपर्ने, विद्यालयका नाममा आएका सामग्रीहरु विद्यालयमा राख्नुपर्ने माग राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप