उच्च हिमाली क्षेत्र र सोलुखुम्बुमा एनटीसीको अप्टिकल फाइबर लिंक जडान
नेपाल टेलिकमले उच्च हिमाली क्षेत्र र सोलुखुम्बुमा अप्टिकल फाइबर लिंक जडान गरेको छ । टेलिकमले सोलुखुम्बुलाई पहिलो पटक अप्टिकल फाइबर लिंकबाट जोडेपछि सेवा गुणस्तर थप वृद्धि हुने भएको हो । मुलुकको अति दुर्गम स्थानमध्ये सोलुखुम्बु जिल्लाका सेवाग्राहीहरूले अब दिगो र निरन्तर दूरसञ्चार सेवा प्रयोग गर्न पाउने भएका टेलिकमले दाबी गरेको छ ।
समुद्री सतहबाट ३ हजार मिटर उचाइ्मा रहेको सोलुखुम्बु जिल्लाको पत्ताले रिपिटर स्टेशनलाई हिजो (२०७८ कात्तिक ११ गते) १० जीबीपीएस क्षमताको फाइबर लिंकबाट जोडिएको हो । रेडियो लिंकको स्वाभाविक गुण तथा क्षमताको सीमितताले गर्दा विगत लामो समयदेखि सेवाग्राहीहरूको आवश्यकता र चाहना भएतापनि उच्च गति तथा गुणस्तरका सेवा उपलब्ध हुन सकेको थिएन ।
नयाँ अप्टिकल फाइबर लिंक सञ्चालनमा अप्रत्यासित समस्या भएमा रेडियो लिंकलाई तुरुन्तै प्रयोग गर्न सकिने हुनाले सेवा नियमित हुने टेलिकमले दाबी गरेको छ । पत्ताले रिपिटरलाई फाइबरबाट लिंक गरिसकेपछि सगरमाथा आधार शिविर, खुम्जुङ, नाम्चे, लुक्ला, सल्लेरी, फाप्लु लगायत उच्च हिमाली क्षेत्र र सोलुखुम्बु जिल्लाको सम्पूर्ण टेलिफोन, इन्टरनेट तथा फोरजी सेवाहरूको गुणस्तर अभिवृद्धि जनाइएको छ । साथै, यो लिंकबाट ओखलढुंगा तथा खोटाङ जिल्लाका टावरहरूको मोबाइल ट्राफिक आदानप्रदान गर्न पनि सहज हुनेछ ।
विगतका वर्षहरूमा यी क्षेत्रमा टेलिफोन सेवाको गुणस्तरबारे टीकाटिप्पणी हुने गरेको सन्दर्भमा अप्टिकल फाइबर लिंक प्रयोगसँगै अब उप्रान्त ग्राहकवर्गले गुणस्तरीय सेवाको अनुभव गर्नसक्ने टेलिकमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की