शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आंशिक रुपमा इजलास चलाउन दुई न्यायाधीशको प्रतीक्षामा अन्य न्यायाधीश !

शुक्रबार, १२ कात्तिक २०७८, १५ : ५१
शुक्रबार, १२ कात्तिक २०७८

सर्वोच्च अदालतमा जारी संकटकै बीच न्यायाधीशहरु इजलास आशिंकरुपमा सञ्चालन गर्नेबारे छलफलमा जुटेका छन् । लामो समय इजलास प्रभावित हुँदा न्याय सम्पादनमै असहज अवस्था आइपरेको भन्दै न्यायाधीशहरु शुक्रबार छलफल भएको हो । 

छलफलका क्रममा प्रधानन्यायाधीशको राजीनामाको मागलाई कायम राख्दै आंशिक रुपमा इजलास खोल्ने कि भन्नेबारे छलफल भएको एक न्यायाधीशले जानकारी दिए । आजको बैठकमा हाल खप्तडमा रहेका दुई न्यायाधीश सपना मल्ल प्रधान र अनिलकुमार सिन्हा फर्किएपछि थप छलफल गरेर निर्णय लिने समझदारी भएको छ । 

ती न्यायाधीशका अनुसार आजको बैठकमा बन्दीप्रत्यक्षीकरणलगायतका मुद्दा हेर्नेगरी इजलास सुचारु गर्नेगरी छलफल भएको छ ।  मल्ल र प्रधान फर्किएपछि आइतबार बिहान निर्णय गरेर निष्कर्षमा पुगिनेछ ।  पछिल्लो समय प्रधानन्यायाधीशको कार्यशैलीमाथि प्रश्न उठाउँदै न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका छन् भने अदालतमा गुटबन्दी देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप