साउथ फिल्मका अभिनेता पुनित राजकुमारको ४६ वर्षको उमेरमा निधन
शुक्रबार, १२ कात्तिक २०७८, १५ : ४०
साउथ फिल्मका अभिनेता पुनित कुमारको जिममा वर्कआउट गरिरहेका बेला हृदयाघात हुँदा निधन भएको छ । हृदयघातलगत्तै ४६ वर्षका उनलाई बेंगलुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । उनको निधनपश्चात् राज्यका सबै थिएटर बन्द गरिएको छ ।
पुनितले आफ्नो करियरको सुरुवात बाल कलाकारको रुपमा गरेका थिए । सन् १९८५ मा उनी फिल्म ‘बेट्टाडा होवू’ मा देखिएका थिए । यो भूमिकाका लागि उनले थुप्रै अवार्ड पनि पाएका थिए । उनलाई अन्तिम पटक फिल्म ‘सुवारत्थना’ मा देृखिएको थियो ।
पुनितका पिता राजकुमार साउथ इन्डियन सिनेमाका आइकन थिए । उनी कन्नड फिल्म इन्डष्टिका पहिलो अभिनेता थिए जसले दादासाहेब फाल्के अवार्ड पाएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण