बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भीमफेदी–कुलेखानी सडकमा दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने

शुक्रबार, १२ कात्तिक २०७८, १५ : ४४
शुक्रबार, १२ कात्तिक २०७८

सडक विस्तार एवम् स्तरोन्नतिका लागि भीमफेदी–कुलेखानी सडकमा सवारी आवागमन ३ दिन दैनिक ४ घण्टा बन्द हुने भएको छ । प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले सडक विस्तार एवम् स्तरोन्नतिका लागि भीमफेदी–कुलेखानी सडकमा सवारी आवागमन कात्तिक १३ गतेदेखि तीन दिन दैनिक ४ घण्टाका लागि बन्द गर्ने जनाएको हो ।

मोतिदान/रायमाझी जेभी काठमाडौंले सो सडक खण्डको विस्तार तथा स्तरोन्नती कार्य गरिरहेको थियो । भीमफेदी–देउराली–कुलेखानी सडकखण्ड अन्तर्गत कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको र अष्फाल्ट कंक्रिट गर्ने कार्यका लागि सवारी आवागमन बन्द गर्नुपर्ने अवस्था आएको निर्देशनालयका निर्देशक सहदेव बहादुर भण्डारीले बताए ।

सो सडकखण्डको जुरीखेतदेखि चिसापानी गढी बिचको एघार घुम्ती क्षेत्रमा सडक साँघुरो, उच्च ग्रेडियन्ट तथा घुम्ती क्षेत्रमा अष्फाल्ट कंक्रिट पेभमेन्टका लागि सवारीको चाप र भौगोलिक अवस्थाका कारण दुर्घटनाको जोखिम रहेकाले कात्तिक १५ गतेसम्म सवारी आवागमन बन्द गरिएको उनले बताए ।

यसअघि सवारी आवागमनमा बाधा नपर्ने गरी आलोपालो मिलाएर निर्माण कार्य गरिदै आइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप