बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नागढुङ्गा सुरुङ मार्गमा दुर्घटना, मजदुरको मृत्यु

शुक्रबार, १२ कात्तिक २०७८, १५ : ३४
शुक्रबार, १२ कात्तिक २०७८

धादिङ काठमाडौँ जोड्ने सिस्नेखोला नागढुङ्गा सुरुङ मार्गमा काम गरिरहेका एक मजदुरको बिहीबार राति सुरुङभित्र दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा धुनीबेंसी नगरपालिका–९ का कानाकोट बस्ने वर्ष २८ का ओमकृष्ण पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जागेश्वर भण्डारीले बताए । सुरुङभित्रको माटो बाहिर ल्याउने सवारी साधनले सुरुङमा काम गरिरहेका उनलाई  ठक्कर दिएर घाइते बनाएको थियो  ।

घाइते पाण्डेको उपचारका लागि ट्रमा सेन्टर लाँदै गर्दा मृत्यु भएपछि मृतकका परिवारलाई उचित क्षतिपूर्ति  र मजदुरको सुरक्षाको अनुभूति दिलाउन पीडित पक्ष, प्रहरी र निर्माण कम्पनीबीच सुरुङमार्ग स्थलमै काम रोकेर वार्ता भइरहेको प्रहरीले जानकारी दिएको छ । मृतक मजदुरको निर्माण कम्पनीले बीमा गरेकाले सोहीअनुसार क्षतिपूर्ति दिने कम्पनीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप