न्यायाधीशद्वारा इजलास बहिष्कारविरुद्ध रिट निवेदन बोकेर सर्वोच्च पुगे वकिलहरु
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै निरन्तर इजलास ‘बहिष्कार’ गर्दै आएका न्यायाधीश विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । शुक्रबार कृष्ण प्रसाइँसहितका अधिवक्ताहरु रिट निवेदन बोकेर सर्वोच्च अदालत पुगेका हुन् ।
सर्वोच्च अदालतमा १९ न्यायाधीश भएपनि १५ जनाविरुद्ध रिट निवेदन पुगेर उनीहरु पुगेको बताइएको छ । रिट निवेदनमा इजलास बहिष्कार गरी मुद्दाको सुनुवाइ नगर्दा न्यायको हक उलंघन भएका कारण परमादेश माग गरिएको छ । सो रिट निवेदनमा सर्वोच्चमा अध्ययनको क्रममा रहेको र अध्ययनपश्चात दर्ता हुने नहुने टुंगो लाग्नेछ ।
प्रधानन्यायाधीशको कार्यशैलीविरुद्ध एकमत भएका १५ न्यायाधीशले केही दिनयता इजलास बहिष्कार गर्दै आएका छन् भने प्रधानन्यायाधीशले मार्गप्रशस्त गरिनुपर्ने उनीहरुले अडान लिँदै आएका छन् । तर प्रधानन्यायाधीशले राजीनामा नदिने बरु महाभियोगको सामना गर्न तयार रहेको बताउँदै आएका छन् ।
अदालतमा दुई लाइन संघर्ष हुँदा तनावको अवस्था समेत सिर्जना हुन थालेको छ । आजमात्रै वकिलहरुबीच नेपाल बार परिसरमा दुई पक्षबीच वादविवाद हुँदा झडपको स्थिति समेत बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अघि बढेन वामपन्थी एकता, गतिहीन बन्यो समाजवादी मोर्चा
-
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी
-
९ महिनामा पढाइका लागि एक खर्ब ३ अर्ब ८४ करोड रूपैयाँ विदेश पठाइयो
-
‘गृहमन्त्रीको साथी हुँ’ भन्दै धम्की दिने पक्राउ
-
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्चमा रिट
-
राजसंस्था फर्काउन राजावादीको बैठक : के-के गर्यो निर्णय ?