न्यायाधीशद्वारा इजलास बहिष्कारविरुद्ध रिट निवेदन बोकेर सर्वोच्च पुगे वकिलहरु
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै निरन्तर इजलास ‘बहिष्कार’ गर्दै आएका न्यायाधीश विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । शुक्रबार कृष्ण प्रसाइँसहितका अधिवक्ताहरु रिट निवेदन बोकेर सर्वोच्च अदालत पुगेका हुन् ।
सर्वोच्च अदालतमा १९ न्यायाधीश भएपनि १५ जनाविरुद्ध रिट निवेदन पुगेर उनीहरु पुगेको बताइएको छ । रिट निवेदनमा इजलास बहिष्कार गरी मुद्दाको सुनुवाइ नगर्दा न्यायको हक उलंघन भएका कारण परमादेश माग गरिएको छ । सो रिट निवेदनमा सर्वोच्चमा अध्ययनको क्रममा रहेको र अध्ययनपश्चात दर्ता हुने नहुने टुंगो लाग्नेछ ।
प्रधानन्यायाधीशको कार्यशैलीविरुद्ध एकमत भएका १५ न्यायाधीशले केही दिनयता इजलास बहिष्कार गर्दै आएका छन् भने प्रधानन्यायाधीशले मार्गप्रशस्त गरिनुपर्ने उनीहरुले अडान लिँदै आएका छन् । तर प्रधानन्यायाधीशले राजीनामा नदिने बरु महाभियोगको सामना गर्न तयार रहेको बताउँदै आएका छन् ।
अदालतमा दुई लाइन संघर्ष हुँदा तनावको अवस्था समेत सिर्जना हुन थालेको छ । आजमात्रै वकिलहरुबीच नेपाल बार परिसरमा दुई पक्षबीच वादविवाद हुँदा झडपको स्थिति समेत बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण