देशको अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योगधन्दाहरू सञ्चालन गर्नुपर्छः अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योगधन्दाहरू सञ्चालन गर्नुपर्ने बताएका छन् । शुक्रवार १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योगधन्दाहरू सञ्चालन गर्नुपर्ने बताएका हुन् । उनले देशको अर्थतन्त्रलाई बलियो बनाउन उद्योगधन्दा र खेतिपातीलाई सरकारले प्रोत्साहन गरिरहेको बताए । उनले हरेक क्षेत्रमा काम गर्नेहरुले आफ्नो ठाउँबाट आफू आत्मनिर्भर बन्छु भन्ने सोच्नुपर्ने बताए ।
‘उत्पादनमुखी अर्थतन्त्र हुनुपर्छ, उत्पादनमा आधारित राजश्व हुनुपर्छ, मैले यसो भनिरहँदा केहीले त्यसको बिरोध गरे, स्वदेशमा उद्योगधन्दाहरू खोल्नुहुँदैन, बाहिरबाट किनेर बेच्ने हो भने खबरदार, देशको अर्थतन्त्र बलियो र वृद्धि गर्न स्वदेशमै उत्पादन गर्ने उद्योगधन्दाहरु हुनुपर्छ, खेतीपाती चाहिन्छ, व्यवसायलाई प्राथमिकता दिनुपर्छ, उत्पादनमुखी अर्थतन्त्र निर्माण गरेर मात्रै आत्मनिर्भर बन्न सकिन्छ, नेपालमै भएका कच्चा पदार्थ र बाहिरबाट कच्चा पदार्थ ल्याएर भएपनि उद्योगधन्दाहरु स्वदेशमै खोलिनुपर्छ, त्यसको लागि सरकारले के सहयोग गर्नुपर्छ तयार छौँ ।’ उनले भने ।
अर्थमन्त्री शर्माले नेपालमा पुष्प खेतीको आकर्षण बढ्दै गएको बताए । उनले पुष्प व्यवसायले देशको अर्थतन्त्रलाई बढाउने बताउँदै जनताको पसिनाबाट उठाइएको राजश्व जनताकै लागि खर्च गर्ने बताए । उनले नेपाल अर्को वर्षसम्म फूलमा आत्मनिर्भर हुनुपर्ने बताए ।
अर्थमन्त्री शर्माले फूल र मानिसको सम्बन्ध जीवनकालसम्म भएको बताउँदै फूल अन्य देशमा व्यापारमा मात्रै जोडिए पनि नेपालमा संस्कृतिसँग जोडिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली रुपैयाँमा चुच्चे नक्सा राखेकोमा भाजपा नेताको आपत्ति
-
शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा
-
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा