शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

बालुवाटारबाट बालकोट जानु ओलीको ठूलो पराजय हो : प्रचण्ड

शुक्रबार, १२ कात्तिक २०७८, १४ : ४३
शुक्रबार, १२ कात्तिक २०७८

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओली प्रवृत्तिलाई निरंकुश र प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिएका छन् । शुक्रवार चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले ओली प्रवृत्तिलाई निरंकुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिएका हुन् ।

प्रचण्डले ओली प्रवृत्ति नेपाल र नेपाली जनताको लागि घातक हो भन्ने कुरा स्थापित भएपछि उनी बालुवाटारबाट बालकोट जानुपरेको समेत बताए । अध्यक्ष दाहालले ओली बालुवाटारबाट बालकोट जानु उनको  ठूलो पराजय भएको पनि बताए । अध्यक्ष दाहालले मातम (शोक) छाएको नदेखाउनका लागि नै मलामी जाँदा बाजा बजाएर नाच्दै गाउँदै गएको आरोप लगाए । उनले मलामी जाँदा हाँस्ने ओली प्रवृत्ति भएको तर्क समेत गरे ।

‘ओली प्रवृत्ति भनेको एउटा निरंकुश, एकाधिकार, प्रतिगमनकारी प्रवृत्ति हो, नेपाल राष्ट्र र नेपाली जनताको निम्ति घातक प्रवृत्ति हो भन्ने कुरा स्थापित भयो’, प्रचण्डको भनाइ छ । अध्यक्ष प्रचण्डले राजनीतिलाई स्थिरता दिन ओली प्रवृत्ति बाधक भएको पनि बताए ।

‘देशको राजनीति विशिष्ट अवस्थामा छ, मैले चितवन जिल्लाबाट निर्वाचनमा प्रतिष्पर्धा गर्दैगर्दा र पार्टीको तर्फबाट यहाँको जनतालाई सम्बोधन गर्दैगर्दा, सकारात्मक परिस्थिती थियो, संविधान बनिसकेपछि, राजनीतिक अस्थिरतालाई हटाउन, समाज र विकासको उद्देश्यकासाथ वाम गठबन्धनबाट निर्वाचन लडिएको थियो, कम्युनिष्टहरूलाई एकताबद्ध गर्ने उद्देश्य राखिएको थियो, त्यसले चितवन जिल्ला र देशभर नै सम्पूर्ण वामपन्थी र जनवादी शक्तिहरूमा जनताले एउटा ठूलो उर्जा जनताबाट प्राप्त भएको थियो’ समाज र देश विकासको लागि वाम गठबन्धन भएपनि त्यो अनुसार काम हुन नसकेको प्रचण्डको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप