भारतविरुद्ध १८ वर्षदेखि आईसीसी इभेन्ट्समा अपराजित छ न्युजिल्यान्ड
पाकिस्तानसँग भर्खरै पराजित भएको भारतले अब आइतबार न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल दुबईमा हुनेछ । भारतले प्रतियोगिताको दोस्रो चरणमा पुग्ने संभावनामा बलियो बनाइराख्न यो खेल जित्नुपर्नेछ ।
१८ वर्षदेखि जीतको प्रतिक्षा
तर, भारतले आईसीसीका कुनै पनि इभेन्टमा न्युजिल्यान्डलाई विगत १८ वर्षदेखि हराउन सकेको छैन । यसक्रममा टी २० विश्वकपदेखि वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल समेत जोड्दा ७ वटा प्रतिस्पर्धा भइसकेका छन् । र, यसमा ६ वटा प्रतिस्पर्धामा न्युजिल्यान्ड विजयी भएको छ । त्यसैगरी एउटा खेल वर्षाका कारण प्रभावित भएको थियो । टी २० विश्वकपमा दुई टिमबीच दुईपटक प्रतिस्पर्धा भएको छ र दुबै पटक न्युजिल्यान्ड विजयी भएको छ ।
२००७ को टी २० विश्वकपमा न्युजिल्यान्डले भारतलाई १० रनले हराएको थियो । त्यसैगरी, २०१६ को टी २० विश्वकपमा ४७ रनले हराएको थियो ।
पछिल्लो जीत २००३ मा
भारतले २००३ मा पछिल्लोपटक आईसीसीको प्रतियोगितामा न्युजिल्यान्डलाई हराएको थियो । यस प्रतियोगितामा भारत ७ विकेटले विजयी भएको थियो । यसपछि कुनै पनि ठूला प्रतियोगितामा भारतले न्युजिल्यान्डलाई हराउन सकेन । २०१९ को एकदिवसीय विश्वकपमा पनि सेमिफाइनलमा न्युजिल्यान्डले भारतलाई हराएको थियो ।
त्यसैगरी यसै वर्ष विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि भारतलाई न्युजिल्यान्डले ८ विकेटले हरायो ।
हेड टु हेडमा पनि भारत पछि
भारत र न्युजिल्यान्डबीच टी २० क्रिकेटमा कुल १६ प्रतिस्पर्धा भएका छन् । यसमध्ये न्युजिल्यान्डले ८ खेल जितेको छ । भारतले ६ खेल जितेको छ । २ खेल बराबरीमै सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी