नोट छपाईका लागि राष्ट्र बैंकले छान्यो १० विदेशी कम्पनी

नेपाल राष्ट्र बैंकले बैंकिङ नोट छपाइका लागि १० विदेशी कम्पनीहरु छनोट गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै बैंकले यसअघि गत २२ जुलाई २०२१ मा गरिएको सार्वजनिक खरिद बोल कबोलमार्फत १० विदेशी कम्पनीहरु छनोटमा परेको जनाएको हो ।
राष्ट्र बैंकका अनुसार पहिलो नम्बरमा ब्राजिलको कासा डी मोइडा डो ब्राजिल, चिनियाँ बैंकनोट प्रिन्टिङ एण्ड मेटेनिङ कर्पोरेशन, चाइना, क्रेन एबी स्वीडेन, डी ला रुई इन्टरनेशनल लिमिटेड लन्डन, गिसेक्ट प्लस डिभे्रन्ट करेन्सी टेक्नोलोजी जीएमबीएच, जर्मनी छनोटमा परेको बैंकले जनाएको छ ।
यस्तै, ज्वाइन्ट स्टक कम्पनी गोजांक, रसिया, कोरियन मेन्टेनिङ सेक्युरिटी प्रिन्टिङ एण्ड आईडी कार्ड अपरेटिङ कर्प कोरिया, ओवरथर फिडम्युकेयर एसएएस फ्रान्स, ओरेल फुसी सेक्युरिटी प्रिन्टिङ स्वीजरल्याण्ड र सेक्युरिटी प्रिन्टिङ एण्ड मेन्टेनिङ कर्पोरेशन अफ इन्डिया लिमिटेड, इन्डिया समेत छनोटमा परेको राष्ट्र बैंकले जनाएको छ ।
बैंकले यसअघि नेपाली रुपैयाँ बैंक नोट डिजाइन, छपाई तथा वितरणका लागि अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको थियो । सोही बोलकबोलमार्फत परेका आवेदनहरु मध्येबाट बैंकले प्राथमिक चरणमा १० कम्पनीलाई छनोट गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहले कृषि र गैरकृषि जग्गा छुट्याउन अझै सकेनन्
-
‘होस्टेल ३’को बुकिङ खुला, कति छन् शो ?
-
आज विवाह गर्दै अस्मिता र महेश
-
ट्रम्पलाई अर्को धक्का, युएसएआईडीको फन्ड फ्रिज गर्ने अनुरोध सर्वोच्चद्वारा अस्वीकार
-
१ रुपैयाँ तिरेर फिल्म 'चिसो मान्छे' हेर्न पाइने
-
पार्टीको आमसभा स्थगित गरेर ज्ञानेन्द्रको स्वागतमा राप्रपा