प्रदेश लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश
शुक्रबार, १२ कात्तिक २०७८, १३ : ०४

प्रदेश लोकसेवा आयोग बागमती प्रदेशले प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले शुक्रबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आयोगको दोस्रो वार्षिक प्रतिवेदन पेश गरेको हो ।
अध्यक्ष श्रेष्ठसहित सदस्यहरु सुदर्शनप्रसाद ढकाल, शर्मिला न्यौपाने र निमित्त सचिव भोला दाहालको टोलीले प्रदेश प्रमुख समक्ष आर्थिक वर्ष २०७७/०७८ मा सम्पादन गरेका काम–कारबाहीहरूको दोश्रो वार्षिक प्रतिवेदन प्रस्तुत गरेको हो ।
प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ११२ बमोजिम प्रदेश प्रमुख शर्मा समक्ष गरेको प्रदेश प्रमुख कार्यालय हेटौंडाले जनाएको छ । आयोगको २०७७ श्रावण १ गते देखि २०७८ आषाढ ३१ गते सम्मका काम कारवाहीहरु समेटिएका प्रतिवेदन तयार पारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षमा ‘गोदरेजसँग नयाँ सुरुवात’ अफर
-
पूर्वडीआईजी छविलाल जोशीको स्वास्थ्यमा के समस्या देखिएको हो ?
-
चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत आयातकर, एकै पल्ट ६० देशलाई तनाव
-
चैते दसैँमा कालिका भगवती मन्दिरमा रु ४२ लाख भेटी सङ्कलन
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल
-
बंगालको खाडीबाट जलवास्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षाको सम्भावना