मानव बेचविखन आरोपमा साधना कला केन्द्रका नृत्य निर्देशक पक्राउ
मानव बेचविखन गरेको आरोपमा नृत्य निर्देशक (कोरियोग्राफर) विश्वबन्धु घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको भरतपुर महानगरपालिका–१० घर भएका ५० वर्षीय घिमिरेलाई चितवनको क्षेत्रपुरबाट पक्राउ गरिएको मानव बेचविखन अनुसन्धान ब्यूरोका एसपी अनुराग कुमार द्धिवेदीले रातोपाटीलाई बताए ।
उनी विगत ३० वर्षदेखि साधना कला केन्द्र लगायतका नृत्य केन्द्रहरुमा नाच प्रशिक्षकको रुपमा काम गर्दै आएका थिए । घिमिरेले नाच सिकाउँदा चिनजान भएकी १९ वर्षीया किशोरीलाई २०७० फागुन ४ मा काठमाडौंबाट भारतको बैंगलौर लगेर बेचेको आरोप छ ।
बैंगलौरको चिफ ईन र सेनोरीता भन्ने रेष्टुरेण्टमा किशोरीलाई यौन व्यवसाय गर्न बाध्य पारेपछि उनलाई माइती नेपालले उद्धार गरेर काठमाडौं ल्याएको थियो । कार्तिक ६ मा घिमिरेलाई पक्राउ गरेर काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान जारी रहेको एसपी द्धिवेदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी