आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु

शुक्रबार, १२ कात्तिक २०७८, १२ : ४८
शुक्रबार, १२ कात्तिक २०७८

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । आजको बैठकमा वडा र पालिका अधिवेशनको रिपोटिङ हुनुका साथै आगामी मंसिरमा हुने राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका अनुमोदन गर्ने एमालेले जनाएको छ । शुक्रबार बसको स्थायी कमिटी बैठकले राष्ट्रिय महाधिवेशनमा देशभरका १५ सय ३६ जना प्रतिनिधि सहभागी हुने निर्णय गरेको थियो ।

महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप