शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

आजदेखि १४ औ गोदावरी पुष्प प्रदर्शनी सुरु (फोटोफिचर)

शुक्रबार, १२ कात्तिक २०७८, १२ : १३
शुक्रबार, १२ कात्तिक २०७८

आजदेखि १४ औ गोदावरी पुष्प प्रदर्शनी २०७८ सुरु भएको छ । यो प्रदर्शनी कात्तिक १५ गतेसम्म सन्चालन हुने आयोजक संस्था फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ । मेलाको उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले पुष्प सबैका लागि महत्वपूर्ण भएको र त्यसको खेती गर्ने सौभाग्यशाली रहेको बताए ।

नेपालमा पुष्प खेती विस्तार भइरहेको तर पछिल्लो समय आएको कोरोना महामारीको कारणले त्यसमा केही प्रभाव परेको उनले बताए । यद्यपि, व्यापार व्यवसाय पुरानै अवस्थामा फर्केको बताउँदै उनले नेपालको अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेको बताए ।

पुष्प खेतीलाई नगदे बालीको रुपमा लिएको बताउँदै उनले देशको आर्थिक क्षेत्रमा सहयोग पुर्याउने काम यसले गरेको बताए । काठमाडौं उपत्यकालाई सौन्दर्यकरण गर्न विभिन्न १२ वटा स्थानमा ठूला पार्क बनाउने योजना अघि सारिएको समेत उनले बताए ।

उनले भने, ‘बाटो हिँड्दा युवायुवतीहरू बाटोको कुना कुनामा माया प्रेम साटेको देँखे, त्यो देखेर नै पार्क बनाउने कन्सेप्ट आएको हो ।’  देश विकास गर्न उत्पादनमुखी अर्थतन्त्रको विकास गर्नुपर्ने बताउँदै उनले उद्योग सञ्चालन गर्न कच्चा पदार्थ ल्याउन सरकारले उद्योगीलाई सहयोग गर्ने घोषणा गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप