आजदेखि १४ औ गोदावरी पुष्प प्रदर्शनी सुरु (फोटोफिचर)
आजदेखि १४ औ गोदावरी पुष्प प्रदर्शनी २०७८ सुरु भएको छ । यो प्रदर्शनी कात्तिक १५ गतेसम्म सन्चालन हुने आयोजक संस्था फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ । मेलाको उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले पुष्प सबैका लागि महत्वपूर्ण भएको र त्यसको खेती गर्ने सौभाग्यशाली रहेको बताए ।
नेपालमा पुष्प खेती विस्तार भइरहेको तर पछिल्लो समय आएको कोरोना महामारीको कारणले त्यसमा केही प्रभाव परेको उनले बताए । यद्यपि, व्यापार व्यवसाय पुरानै अवस्थामा फर्केको बताउँदै उनले नेपालको अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेको बताए ।

पुष्प खेतीलाई नगदे बालीको रुपमा लिएको बताउँदै उनले देशको आर्थिक क्षेत्रमा सहयोग पुर्याउने काम यसले गरेको बताए । काठमाडौं उपत्यकालाई सौन्दर्यकरण गर्न विभिन्न १२ वटा स्थानमा ठूला पार्क बनाउने योजना अघि सारिएको समेत उनले बताए ।
उनले भने, ‘बाटो हिँड्दा युवायुवतीहरू बाटोको कुना कुनामा माया प्रेम साटेको देँखे, त्यो देखेर नै पार्क बनाउने कन्सेप्ट आएको हो ।’ देश विकास गर्न उत्पादनमुखी अर्थतन्त्रको विकास गर्नुपर्ने बताउँदै उनले उद्योग सञ्चालन गर्न कच्चा पदार्थ ल्याउन सरकारले उद्योगीलाई सहयोग गर्ने घोषणा गरेको बताए ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण