उन्नती सहकार्य लघुवित्तले सेयरधनीलाई ३२ प्रतिशत लाभांश दिने
शुक्रबार, १२ कात्तिक २०७८, ११ : २१
उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूलाई अधिकतम ३२ प्रतिशत लाभांश दिने भएको छ । बिहीबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सञ्चित चुक्ता पुँजीबाट अधिकतम ३२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल लघुवित्तको चुक्ता पुँजी १७ करोड ६१ लाख ६९ हजार ७०६ रुपैयाँ ३८ पैसा रहेको छ । यसको ३२ प्रतिशतले हुन आउने ५ करोड ६३ लाख ७४ हजार ३०६ रुपैयाँ ०४ पैसा लाभांशको रुपमा वितरण गर्ने लघुवित्तले जनाएको छ । यद्यपि, उक्त लाभांश भने नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि कम्पनीको अगामी वार्षिक साधारणसभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरूमा वितरण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४३ जना दीक्षित
-
सरकारले भूमाफियाबाट प्रभावित भएर अध्यादेश ल्यायो : नेकपा (माले)
-
ललितपुर महानगरलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने योजनामा अघि बढिसक्यो : प्रमुख महर्जन
-
रोकिएका परियोजनालाई गति दिन कांग्रेसले दियो मन्त्रीहरूलाई निर्देशन
-
न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको संसदीय सुनुवाइ प्रक्रिया सुरु
-
एमालेसँग सहमतिअनुसार काम गर्न मन्त्रीहरुलाई देउवाको निर्देशन