प्रधानन्यायाधीश जबराले तोके ८ वटा पेसी, आफ्नो एकल इजलास तोकेनन्
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबारका लागि ८ वटा पेसी तोकेका छन् । अन्य दिन आफ्नो एकल इजलास तोकेर मुद्दाको सुनुवाई गरेका प्रधानन्यायाधीश जबराले शुक्रबार भने आफूलाई न्यायाधीश कुमार चुडालसँग संयुक्त इजलासमा पेसी तोके ।
प्रधानन्यायाधीश जबराले शुक्रबार तोकेका पेसीमा दीपकुमार कार्की र प्रकाशमान सिंह राउत, मीरा खड्का र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ, बमकुमार श्रेष्ठ र कुमार रेग्मी, टंकबहादुर मोक्तान र हरि फुयाल प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्मा तथा चोलेन्द्रशमशेर जबरा र डा.कुमार चुडालको संयुक्त इजलास गठन गरेका छन् ।
एकल इजलासमा डा. आनन्दमोहन भट्टराईलाई बन्दी प्रत्यक्षीकरण सहितका मुद्दाको पेसी तोकेका छन् । बुधबार आफ्नो एकल इजलासमा ५ वटा मुद्दाको पेसी तोकेर ५ वटै मुद्दामा आदेश गरेका प्रधानन्यायाधीश जबराले बिहीबार भने पूर्व न्यायाधीश भैरव लम्सालको निधनका कारण इजलासमै बसेनन् ।
शुक्रबारका लागि पनि आफ्नो एकल इजलास तोकेर सुनुवाई गर्ने आशंकालाई चिर्दै प्रधानन्यायाधीशले आफूलाई संयुक्त इजलासमा राखे । तर न्यायाधीशहरूले शुक्रबारका लागि पनि आन्तरिक छलफल राखेका कारण एकल वा संयुक्त इजलास बस्ने सम्भावना ज्यादै कम छ ।
इजलास बहिष्कार गर्नकै लागि न्यायाधीशहरूले बिहान साढे ११ बजेका लागि आन्तरिक छलफलको समय छुट्याएका छन् । जसका कारण शुक्रबार पनि इजलास बस्ने सम्भावना ज्यादै न्यून छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण