शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीले थाइल्यान्ड र इटलीका महँगा सामान थुपारेको देखेर देउवा र म छक्क पर्‍यौँ  ः प्रचण्ड

शुक्रबार, १२ कात्तिक २०७८, १० : ३१
शुक्रबार, १२ कात्तिक २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओलीले थाइल्यान्ड र इटली लगायतका देशबाट महँगा सामान भित्र्याएको रहस्य खुलेको बताएका छन् । शुक्रबार चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीले आफूले कहिल्यै बालुवाटार छोड्न नपर्ने सोचेर प्रधानमन्त्री निवास र सचिवालय बनाउने क्रममा महँगा विदेशी सामान ल्याएर थुपारेको भेटिएको बताएका हुन् ।

‘केपीले त अब मैले त्यो दरबार जिन्दगीभर छोड्नुपर्दैन भन्ने ठानेका रहेछन् । थाइल्यान्ड, इटाली र रोमबाट यति महँगा महँगा समान ल्याएर थुपारेका रहेछन्, त्यो देख्दा अरु त अरु शेरबहादुर देउवा पनि जिब्रो टोक्नुभएको छ’,  प्रचण्डले अचम्म मान्दै भने, ‘बाफरे बाफ केपी ओलीको दम्भ ! उनले के ठानेको र ऐयासी जीवन, राजा भएँ भन्ने ठानेका रहेछन्’ । प्रचण्डले ओलीले आफू राजा नै भएँ अब यो दरबार छोड्नुपर्दैन भनेको जस्तो गरेको भन्दै यसबारे गठबन्धनमा छलफलसमेत भएको बताए ।

‘अस्ति हामी गठबन्धनमा कुरा पनि गर्यौ यो त जनतालाई थहा हुनुपर्यो भनेर । अर्बौंको सामान विदेशबाट ल्याउने प्रधानमन्त्रीलाई आउने चुनावमा जनतालाई नै फैसला गर्न दिनुपर्यो’, प्रचण्डको भनाइ छ । ओलीले आफूले बालुवाटार छोड्नु नै पर्दैन भन्ने सोचेर त्यस्ता महँगा सामान थुपारेको भन्दै उनले राजकीय सान देखाएको समेत बताए । ‘उनलाई त म राजा नै भएँ भन्ने लागेको रहेछ’, प्रचण्डको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप