नेपालको यात्रा समूहचरणमै टुङ्गियो, ताजाकिस्तानसँग ६–० ले पराजित
आयोजक ताजाकिस्तानसँग ६–० ले पराजित भएसँगै नेपालको एएफसी यु–२३ एसियन कप छनोट यात्रा समूह चरणमा सीमित बनेको छ । समूह ‘बी’ अन्तर्गतको खेलमा बिहीबार नेपाल आयोजक ताजिकिस्तानसँग ६–० ले पराजित भएसँगै नेपालको अघिल्लो चरणको यात्रा समाप्त भएको हो ।
खेलको सुरुआतबाट ताजिकिस्तानको दबाबमा खेलेको नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा थप ३ गोल खाएको थियो । समूह ‘बी’ मा लगातार दोस्रो हारपछि नेपालको छनोट चरण पार गर्ने लक्ष्यमा पूर्णविराम लागेको हो । यता नेपालमाथिको जितपछि ताजिकिस्तानले भने शीर्ष स्थानमा बस्दै आगामी वर्ष उज्वेकिस्तानमा आयोजना हुने एएफसी यु–२३ एसियन कपमा छनोट हुने सम्भावना प्रबल बनाएको छ । दुई खेलमा ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा छ भने समान खेलमा समान ६ अंक जोडेको इरान गोल अन्तरमा पछि पर्र्र्दै दोस्रो स्थानमा छ । नेपाल र लेबनान लगातार दोस्रो खेलमा निराश बने ।
यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले इरानलाई ४–० को नतिजा सुम्पिएको थियो भने लेबनानले ताजिकिस्तानलाई १–० को नतिजा सुम्पिएको थियो । बिहीबार भएको पहिलो खेलमा इरानले लेबनानलाई २–० ले हराएको थियो । ११ समूह रहेको छनोट चरणबाट प्रत्येक समूहको समूह विजेता र चार उत्कृष्ट उपविजेता सन् २०२२ मा उज्वेकिस्तानमा हुने एएफसी यु २३ एसिया कपका लागि छनोट हुनेछन् । नेपालले अन्तिम खेलमा आइतबार लेबनानको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने