करेन्ट लागेर एक युवकको मृत्यु
शुक्रबार, १२ कात्तिक २०७८, १० : ०२

कपिलवस्तुमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । जिल्लाको विजयनगर गाउँपालिका–१ भागिरामपुर बस्ने ३३ वर्षीय सूर्य बहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नो घर नजिक पानी तान्ने मोटरको चुडिएको तार जोड्न मुखले तार छिल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सन्जिवनी अस्पताल चन्द्रौटा हुँदै शिवराज अस्पताल बहादुरगंजमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पा र डडेल्धुरामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
श्वेतपत्रमार्फत विद्युत् प्राधिकरणको अहिलेको यथार्थ बाहिर ल्याइएको छ: मन्त्री खड्का
-
ग्यालेक्सीसँग हार्यो संस्कृति इन्टरनेशनल
-
बीसीसीआईद्वारा आईपीएलका बाँकी सबै खेल रद्द
-
पाकिस्तानसँगको तनावबिच इन्डियन आयल कर्पोरेसनको अपिल
-
लागुऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ