सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

अदीतिको ‘बाबरी’ फेरि फ्लोरमा

बिहीबार, ११ कात्तिक २०७८, २० : ५०
बिहीबार, ११ कात्तिक २०७८

कोरोनाको दोस्रो लहरका कारण रोकिएको फिल्म ‘बाबरी’ को छायाँकन पुन सुरु भएको छ । सुरेन्द्र पौडेल निर्देशक रहेको फिल्मको छायाँकन बिहीबारदेखि काठमाडौंबाट सुरु भएको हो । अहिले माहोल उपयुक्त देखेर फिल्म सुरु गरेको निर्देशक पौडेलले बताए ।

‘गीतको छायाङ्कनबाट हामीले रोकिएको फिल्मको फेरि छायाँकन सुरु गरेका हौ’ निर्देशक पौडेलले भने ‘तिहार अगाडि काठमाडौमा गीत र केही इन्डोर छायाँकन हुनेछ ।’ अहिलेसम्म ३० प्रतिशत छायाँकन सकिएको फिल्म तिहारपछि भने सिक्किमको सेडुल रहेको उनले सुनाए ।

दार्जिलिङपछि झापामा पनि खिचिने फिल्मकी निर्माता पुष्पा बुढाथोकी हुन् । फिल्ममा अदिति बुढाथोकी र धीरज मगरको मुख्य भूमिका रहेको छ । नेपाली फिल्मकी पुरानी अभिनेत्री तृप्ती नाडकरको समेत अभिनय रहने फिल्म नयाँ वर्षमा प्रदर्शनमा आउनेछ ।

नरेन्द्र मैनालीको छायाँंकन, एन्जिला खत्रीको कोरियोग्राफी, कालीप्रसाद बाँस्कोटा, अनमोल गुरुङ र सुजन चापागाईँको संगीत फिल्म रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप