न्यायाधीशहरूको गुटबन्दीको शिकार सर्वसाधारण भए : नेकपा एमाले
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले न्यायाधीशहरूको गुटबन्दीको शिकार सर्वसाधारण सेवाग्राही परेको बताएको छ । सो पार्टीले न्यायालयमा गुटबन्दी र अराजकता मौलाएको समेत टिप्पणी गरेको छ ।
बिहीबारको स्थायी कमिटी बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘न्यायालयमा जे भइरहेको छ, त्यो दुर्भाग्यपूर्ण छ । न्यायालयमा जुन ढंगको प्रदूषण भित्रिएको छ, गुटबन्दी देखा परेको छ, चरम अराजकता व्याप्त भएको छ, यसमा हामी दुःखित छौँ ।’ उनले प्रधानन्यायाधीशको राजीनामा मागिएको प्रति लक्षित गदै ‘न्यायाधीशहरूको गुटबन्दीको शिकार सर्वसाधारण सेवाग्राही परिरहेको’ बताए ।
उनले न्यायालयमा भएको झगडाले सङ्कटकालमा समेत रोक्न नपाइने बन्दी प्रत्यक्षीकरणको मुद्दाहरू समेत प्रभावित भएको भन्दै झगडामा संलग्नहरूले एक चोटी आफैँलाई फर्किएर हेर्नुपर्ने बताए । उनले न्यायालयभित्रको अहिलेको समस्याको चुरोलाई पक्रिन नसकेको भन्दै न्यायालयको सुधारसँग अहिलेको झगडा नजोडिएको दाबी समेत गरे । ‘जो जो न्यायाधीशहरूले निश्चित दल वा नेताहरूको स्वार्थका लागि राजनीतिक फैसला गर्नुभयो, राजनीतिक क्षेत्रमा प्रवेश गर्नुभयो, जुन मिल्दैन । राजनीति र न्यायालयको लक्ष्मण रेखा नाघेर जो जो जानुभयो, उहाँहरूले त्यसको सामूहिक जवाफदेही लिनुपर्छ’, प्रवक्ता ज्ञवालीको भनाइ छ । साथै उनले प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई नियुक्त गर्ने र हटाउने संवैधानिक विधि भएकाले त्यो भन्दा बाहिरबाट जान नहुने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण