बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

१८ औँ हस्तकला व्यापार मेला हुने

बिहीबार, ११ कात्तिक २०७८, १९ : ४४
बिहीबार, ११ कात्तिक २०७८

नेपाल हस्तकला महासंघले आगामी मङ्सिर ३ देखि ५ गतेसम्म १८ औ हस्तकला व्यापार मेला तथा १६ औँ क्राफ्ट कम्पिटिसन आयोजना गर्ने भएको छ । विगत वर्षहरूमा काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिँदै आएको मेला यसवर्ष काठमाडौँ हायात रिजेन्सी होटल, बौद्धमा आयोजना गरिने हस्तकला महासंघले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

कोरोना महामारीका कारण शिथिल बनेको नेपाली हस्तकलाको आन्तरिक तथा वाह्य बजारलाई पुनः चलायमान बनाउन मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा रहेको छ  । मेला उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नु हुने र मेला अवलोकनका लागि उच्च सरकारी अधिकारी, निर्यातकर्ताका साथै नेपालस्थित विभिन्न मुलुकका राजदूतलाई पनि आमन्त्रण गरिएको मेला संयोजक रवीन्द्र शाक्यले जानकारी दिए ।

उक्त मेलामा हस्तकला लगायत विभिन्न वस्तुको करिब एकसय २० स्टल रहने छन् भने मेलाको प्रमुख आकर्षणमा कला प्रतियोगिताअन्तर्गत नेचुरल फाईवर(प्राकृतिक रेसा) र फिलगिरी गरी दुई विधामा प्रतियोगिता गरिने र प्रतियोगीलाई पुरस्कृतसमेत गरी कला प्रतियोगिताका संयोजक राजमान बज्राचार्यले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप