बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पोखरामा लागू औषधसहित दुई युवक पक्राउ

बिहीबार, ११ कात्तिक २०७८, १९ : ३८
बिहीबार, ११ कात्तिक २०७८

पोखरा । पोखरामा लागू औषध सहित दुई युवक पक्राउ परेका छन् । लागू औषध डाईजापाम १ सय एम्पुल, आइबुनफिर्फिन १ सय एम्पुल र फेनारगन १ सय एम्पुल सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा –३ बस्ने साहिल पौडेल र अन्नपूर्ण गाउँपालिका–५ घर भई पोखरा –३ नदीपुर बस्ने नवीन तिलिजा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

प्रहरीले पोखरा गगनगौडा, पावरहाउस स्थित सवारी चेक जाँचका क्रममा उनीहरूको साथबाट लागू औषध बरामद गरेको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरूमाथि लागू औषध सम्बन्धी मुद्दामा सात म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप