शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश : प्रतिपक्षको अनुपस्थितिमा विधेयक पेस

बिहीबार, ११ कात्तिक २०७८, १९ : २९
बिहीबार, ११ कात्तिक २०७८

बुटवल । प्रमुख प्रतिपक्षको अनुपस्थितिमै बसेको लुम्बिनी प्रदेशसभा बैठकमा दुईवटा विधेयक पेस भएको छ । बिहीबार बसेको बैठकमा एमालेका प्रदेशसभा सदस्य नारायण आचार्यले एमालेले कारबाही गरेका दुई सांसद पदमुक्त नहुँदासम्म सदन चल्न नदिने पार्टीको अडान दोहोर्‍याएका थिए ।

त्यसपछि आधा घण्टाका लागि बैठक स्थगित गरिएको थियो । बिहीबारै बसेको दोस्रो बैठकमा वन, वातावरण तथा भू–संरक्षणमन्त्री सुरेन्द्र बहादुर हमालले वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीले जीवनाशक विषादी नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक निर्णयार्थ पेस गरिएको हो ।

एमालेले सांसदद्वय अजय शाही र विमला वली खत्री सूर्य चिन्हबाट विजयी भएको भन्दै दल त्याग गरेको आधारमा उनीहरुमाथि कारवाही गरिएको जनाउँदै आएको छ । सभामुखले उनीहरुलाई पदमुक्त नगरेको भन्दै एमालेले प्रदेशसभामा लगातार विरोध जनाउँदै आएको छ । बिहीबार बसेको प्रदेशसभाको दोस्रो बैठकलाई प्रमुख प्रतिपक्ष एमालेले बहिष्कार गरेको थियो । त्यसका बाबजुद बसेको बैठकमा सम्बन्धित विधेयकमाथि उठेका प्रश्नको जवाफ सरकारका तर्फबाट दिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप