सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको ८ लाखभन्दा बढी रकमसहित एक जना पक्राउ

बिहीबार, ११ कात्तिक २०७८, १८ : ४०
बिहीबार, ११ कात्तिक २०७८

 स्रोत नखुलेको आठ लाखभन्दा बढी रूपैयाँसहित झापा, बिर्तामोड–३ का ३४ वर्षीय उमेश साहलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीले विराटनगर–१८ भेडियारीबाट साहलाई स्रोत नखुलेको ८ लाख २० हजार रुपैयाँसहित बिहीबार पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठका अनुसार साहलाई उक्त पैसा लिएर भारततर्फबाट विराटनगरतर्फ आउने क्रममा पक्राउ गरिएको हो । को२९प ८६४० नम्बरको स्कुटरमा सवार साहले बोकेको रकमको स्रोत नखुलेपछि उनलाई नियन्त्रणमा लिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

नेपाली नगद १ हजारको ३३५ थान, ५ सयको ६४० थान, १ सयको १,६०० थान र ५० को १०६ थान नोट बरामद भएको प्रहरीको भनाइ  । पक्राउ परेका साहलाई थप कारवाहीका लागि इटहरीस्थित राजश्व अनुसन्धान कार्यालय सुनसरी बुझाइएको प्रवक्ता श्रेष्ठले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप