जुवातास खेलिरहेका अवस्थामा पोखराबाट ७ जना पक्राउ
पोखरामा जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा –१४ बिपि मार्गस्थित खिलबहादुर गुरुङको डेरामा जुवा तास खेलिरहेका अवस्थामा ७ जनालाई नगद ८८ हजार ९ सय २५ रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोरखा जिल्ला घर भई हाल पोखरा बिपीमार्ग बस्ने खिलबहादुर गुरुङ, पोखरा मिंयापाटनका मन्सुर मियाँ, पोखरा–१३ मिंयापाटनकै सम्सुल दिन हक, मोहमद आरिन मियाँ, बाग्लुङ घर भई पोखरा बिपिमार्ग बस्ने बद्री गुरुङ, स्याङ्जा हरिनाशका रोजन मानन्धर र सिन्धुली जिल्ला दुधौली घर भएका मुना विक रहेका छन् ।
पक्राउ परेकाहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधिको अभाव हुन सक्छ’
-
सरकारी फार्मेसीमा सबै औषधि किन पाइँदैन ?
-
सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो