शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

न्यायपालिकाको समस्या समाधान न्यायपालिका भित्रबाटै हुनुपर्छः मीन विश्वकर्मा

बिहीबार, ११ कात्तिक २०७८, १८ : १८
बिहीबार, ११ कात्तिक २०७८

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद मिन विश्वकर्माले न्यायपालिकाको समस्या समाधान न्यायपालिका भित्र बाट नै हुनुपर्ने बताएका छन् । बिहीवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै सांसद विश्वकर्माले यस्तो बताएका हुन् । उनले प्रधानन्यायाधीशको गल्ती नभए सर्वोच्चका न्यायाधीशहरूसँग बसेर छलफल गरी न्यायपालिकाको गरिमा बढाउनुपर्ने बताए । सांसद विश्वकर्माले सरकारी कार्यालयमा हाकिम मन नपरेर आन्दोलन गरेको जस्तो न्यायाधीशहरुले गर्नु नहुने तर्क गरे । 

सांसद विश्वकर्माले भने, ‘शक्ति पृथकीकरणको सिद्धान्तमा चलेको राज्यमा राज्य प्रणालीमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका ३ छुट्टै स्वतन्त्र अंग हुन्, न्यायपालिकाले कार्यपालिका र व्यवस्थापिकाबीचमा भएको द्वन्द्वलाई समेत निवारण गरेर तटस्थ, निष्पक्ष हुनुपर्छ, त्यो भित्र रहेका व्यक्तिहरुको बारेमा आम जनतामा उनीहरुको आचरण, व्यवहार, कार्यशैली, भूमिकाको बारेमा आम जनताका बीचमा प्रश्न उठ्यो, चर्चा प्रारम्भ भयो, त्यो भनेको सर्वोच्चका प्रधानन्यायाधीशले नै निकास दिनुपर्छ, उहाँ एक्लै नभए सबै न्यायाधीशहरूले बसेर छलफल गरी निकास दिनुपर्छ ।’

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले हरेक राजनीतिक दलको नेतृत्वको असक्षमताका कारण देश अघि बढ्न नसकेको बताए । उनले एउटै व्यक्ति पार्टीको लगातार नेतृत्वमा बसिरहनाले देशले ३० वर्षमा पनि गति लिन नसकेको बताए । 

त्यसैगरी, नेपाली कांग्रेसका अर्का नेता भीमसेनदास प्रधानले न्यायालयको समस्या न्यायलयबाटै निरुपण हुनुपर्ने बताउँदै भने, ‘न्यायालयको समस्या समाधान न्यायालयबाटै हुनुपर्छ, त्यसले नै सम्मानित अदालत र न्यायाधीशहरुको इज्जत बच्छ ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप