लिबियामा नेपाली शान्ति सैनिकहरूको मेडल परेड
बिहीबार, ११ कात्तिक २०७८, १६ : १४
लिबियामा शान्ति मिसनमा खटिएका नेपाली सैनिकहरुको मेडल परेड सम्पन्न भएको छ । कार्तिक ९ मा युएन मिसन लिबियाका प्रमुख जान कुबिसको प्रमुख आतिथ्यका मेडल परेड आयोजना गरिएको सैनिक जनसम्पर्क तथा सुचना दिर्नेशनालयले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनाका लागी खटिएका स्पेशल गार्ड युनिट तेस्रो डफ्फामा सहभागी सैनिकको मेडल परेड समारोहमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।
मेडल परेड समारोहमा लिबिया मिशनमा सहभागी उच्च पदस्थ अधिकारी तथा स्थाफहरुको उपस्थिती थियो । समारोहका मुख्य अतिथि जान कुबिसले द्वन्दग्रस्त मुलुकमा शान्ति स्थापनाका लागी नेपाल सेनाले गरेको योगदानको प्रसंसा गरेका थिए । कुबिसले नेपाली सैनिकको व्यावसायीक क्षमताको पनि खुलेर प्रशंसा गरेको नेपाली सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि