हाइड्रोपावर चम्किँदा नेप्सेमा १३ अंकको वृद्धि

बिहीबार सेयर बजार परिसूचक नेप्सेमा थप १३ अंकको वृद्धि भएको छ । गत बुधबार १८.०६ अंकले बढेर २७६९.१३ विन्दुमा पुगेको नेप्सेमा बिहीबार थप १३.०४ अंकको वृद्धि हुँदै २७८२.१६ बिन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार साताको अन्तिम कारोबार दिन समेत रहेको आज ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ४.४२ अंकले बढेर ५२०.९८ पुगेको छ । यस दिन सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक अधिकतम २.२१ प्रतिशत माथिले बढेको छ भने माइक्रोफाइनान्स समूहको २.४३ प्रतिशतले वृद्धि भएको छ ।
आज बैंकिङ, ट्रेडिङ होटल तथा पर्यटन, निर्जीवन बीमा र म्युचुअल सफन्ड ऋणात्मक भएका छन् भने बाँकी समूहहरु धनात्मक भएका छन् । १३ अंकले बढेको बजारमा आज कुल ५ अर्ब ३९ करोड ५२ लाखको कारोबार भएको छ । गत बुधबार १८ अंकले बढेको बजारमा ६ अर्ब ६१ करोड २६ लाखको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
दैलेखको ठाटीकाँधमा राति घरमा सुतेको शिशु गायब, अज्ञात समूहले लगेको परिवारको आशंका
-
पानी पर्दा पनि किन हट्न सकेन वायु प्रदूषण ?
-
आफू अतिथि रहेको कार्यक्रममा सहभागी नभएपछि ऊर्जा राज्यमन्त्रीले सोधे सचिवलाई स्पष्टीकरण
-
क्याल्सियमबाहेक यी चिजको कमीले पनि गराउँछ हड्डी कमजोर
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची