शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नर्भिकमा स्तन क्यान्सरको निःशुल्क ओपिडी हुने

बिहीबार, ११ कात्तिक २०७८, १४ : २५
बिहीबार, ११ कात्तिक २०७८

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार स्तन क्यान्सर सम्बन्धी निःशुल्क ओपिडी सेवा संचालन हुने भएको छ । आगामी शनिवार(कात्तिक १३ गते) नर्भिक अस्पतालमा स्तन क्यान्सरको विषयमा निःशुल्क ओपिडी सेवा संचालन हुने भएको हो । 

स्तन क्यान्सर विशेषज्ञ डा. वानिरा गिरीले शनिवार १० देखि १२ बजेसम्म निःशुल्क ओपिडी सेवा दिने अस्पतालले जनाएको छ । पछिल्लो समय नेपाली महिलाहरुमा स्तन क्यान्सरको समस्या बढिरहेको छ । यस्तो अवस्थामा क्यान्सरको शंका लागेका वा लक्षण देखिएकाहरुले आफ्नो निःशुल्क ओपिडी सेवामा आएर लाभ लिनसक्ने डा. गिरीले जानकारी दिइन् । 

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवालाई संचालन गर्दै आएको छ । यो सेवा अन्तर्गत प्रत्येक शनिवार १० देखि १२ बजे अस्पतालमा कार्यरत कुनै एक विशेषज्ञ डाक्टरले निःशुल्क ओपिडी सेवा दिनेछन् । सर्वसाधारणको निःशुल्क ओपिडी सेवाप्रतिको आकर्षण समेत बढिरहेको अस्पतालले जनाएको छ । 
निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप