मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

चाँगुनारायणमा बजार अनुगमन : घरभेटीले गर्दा पसल दर्ता गर्न पाइएन

बिहीबार, ११ कात्तिक २०७८, १३ : ५४
बिहीबार, ११ कात्तिक २०७८

चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रमा रहको विभिन्न पसल तथा होटलहरुको अनुगमन गरको छ ।  बिहीबार २ नम्बर वडा अन्तर्गत दुवाकोटमा नगर उपप्रमुख वीणा बाँस्तोलाको नेतृत्वमा बजार अनुगमन गरको हो ।  खाद्य सामाग्री बिक्री गर्ने किराना पसलले म्याद गुज्रेको खाद्य सामाग्री र मासु बिक्री गर्ने कोल्ड स्टोरहरू फोहोर मासु बिक्री गर्ने गरेको फेला परेको छ ।

जिल्लाका विभिन्न स्थानमा गरेको अनुगमनमा उत्पादन तथा उपभोग्य मिति उल्लेख नभएका सामाग्रीहरु फेला परेको बजार अनुगमन अधिकृत निला घिमिरेले जानकारी दिएकी छिन् । अनुगमनको क्रममा बस्ताकोटी मिनी स्टोर, बस्ताकोटी दुध डेरी, लाइभ मिट जोन, ढकाल दुध डेरी, काभ्रे दुनोट पसल, पाथीभरा खाद्य स्टोर, न्यू चोङ्गा गणेश मिट बसलगायतको अनुगमन र निरीक्षण गरेको नगरपालिकाले जानकारी दिएको छ । 

सो क्रममा केहि दर्ता नभएका, केहीमा मूल्य सूचित भएको, अधिकांशले उपभोग्य मिति सकिएका सामाग्रीहरु बेच्न राखेको, मासु पसल र खाजा घरमा फोहोर  भेटिएको घिमिरेले बताइन् ।

घरबेटीले गर्दा दर्ता गर्न पाइएन 
बजार अनुगमन टोली समक्ष केही पसल सञ्चालकले घरबेटीले गर्दा पसल दर्ता गर्न नपाएको बताए ।  दुवाकोटमा कपडा पसल सञ्चालन गर्ने एक व्यवसायीले भनिन्– ‘घरको कागजपत्र छैन् भन्दै दिनुभएको छैन । हामीले दर्ता गर्न पाएनौं ।’ 

घरबहाल करको कारणले गर्दा दुवाकोटका धेरै घरधनीहरुले पसल सञ्चालकसँग घरभाडा सम्झौता नगर्दा वडा कार्यालय र कर कार्यालयमा दर्ता गर्न नपाएको उप प्रमुख बाँस्तोलासँग गुनासो गरेका छन् ।  अनुगमनको क्रममा राष्ट्रिय उपभोक्ता मञ्च, जिल्ला प्रशासन कार्यालय, सुरक्षाकर्मी, सञ्चारकर्मीसहित चाँगुनारायण नगरपालिकाले बजार अनुगमन गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप