बागमती प्रदेश : मन्त्रालयको भागवण्डा मिलाइयो
बागमती प्रदेशमा चार सदस्यीय मन्त्रिपरिषद् गठन हुने भएको छ । जसका लागि बिहीबार हेटौंडामा गठबन्धनका दलहरूको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम र मन्त्रालयको भागवण्डा टुङ्ग्याएको हो । आजै प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री पदमा नियुक्त हुँदैछन् । उनले आजै शपथ ग्रहण गर्नेछन् । मुख्यमन्त्री पाण्डेसँगै अन्य तीन मन्त्री पनि आजै नियुक्त हुँदैछन् ।
गठबन्धनको दलको तर्फबाट संसदीय दलको उपनेताहरु मन्त्री बन्ने निश्चित भएको नेपाली काँग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले बताए । सोही अनुसार नेपाली काँग्रेसका संसदीय दलको उपनेता कृष्णलाल भडेलको नेतृत्वमा आफ्नो पार्टी पनि प्रदेश सरकारमा सहभागी हुने उनले बताए ।
गठबन्धनको बैठकले भडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको छ । सरकारको नेतृत्व गर्ने अवसर पाएको नेकपा एकीकृतबाट भने दलका उपनेता कृष्णप्रसाद खनाल मन्त्री बन्ने भएका छन् । खनाल यसअघि पनि अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा मन्त्री बनिसकेका छन् ।
गत भदौ २ गते सामाजिक विकासमन्त्री नियुक्त भएका खनालले एमाले विभाजन भएपछि राजीनामा दिएका थिए । उनले १५ दिन एमाले नेतृत्वको सरकारमा सहभागी भएपछि नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गर्दै मन्त्री पदबाट राजीनामा दिएका थिए ।
उनलाई गठबन्धनले पुनः सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको नेता बानियाँले बताए । नेकपा माओवादी केन्द्र दोस्रो पटक सरकारमा जाँदैछ । पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी शालिकराम जम्मकट्टेल र युवराज दुलालले पाएका थिए ।
यसपटक भने नेकपा माओवादी केन्द्र संसदीय दलको उपनेता कुमारी मोक्तानको नेतृत्वमा सरकारमा सहभागी हुने भएको हो । मोक्तानलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने गठबन्धनको निर्णय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण