काठमाडौँको नरेफाटबाट लागुऔषधसहित ३ जना पक्राउ
बिहीबार, ११ कात्तिक २०७८, १३ : १७

काठमाडौँ महानगर–३२ नरेफाटबाट लागुऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर स्थायी घर भएका १९ वर्षीय युवराज स्याङ्बो, २८ वर्षीय विवेक रुम्बा र काठमाडौँ घर भएका ३४ वर्षीय अबिनास राज भण्डारी छन् । उनीहरुलाई नरेफाटस्थित धमला दूध डेरी नजिकै सडकमा लागुऔषध विक्रीवितरण गर्न लागेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश कुमार बस्नेतले जानकारी दिए ।
प्रहरीले उनीहरुको साथबाट ३ किलो ४७० ग्राम चरेश, १८० ग्राम गाँजा र ४ थान मोबाइल बरामद गरेको छ । यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिँदै, यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन
-
लिभरपुललाई प्रिमियर लिगको २० औं उपाधि, एन्फिल्डमा मनायो उत्सव
-
दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा
-
जेठभित्र सिंहदरबारमा मेलम्चीको खानेपानी जोडिँदै
-
पहलगाम आक्रमणपछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी