अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोज्ने एक जना पक्राउ
बिहीबार, ११ कात्तिक २०७८, १२ : ५७

अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ बस्ने २७ वर्षीय मिन बहादुर पाइन छन् । पाइन लगायत ३ जनाले डलर साट्ने भन्दै ठगी गर्न लागेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पाइनले अमेरिकी डलर साट्ने भन्दै पीडितसँग ५ लाख ठगी गर्न लागेका थिए । प्रहरीले पाइनलाई ५० दरको ११ थान अमेरिकी डलर, १ दरको १ थान अमेरिकी डलर, २० रुपैयाँ दरको ३ सय ३९ थान नोट, १० रुपैयाँ दरको ३ सय ६७ थान नोट, ४ थान मोबाइल, प्रदेश ०२–३० प ६९१६ नम्बरको मोटरसाइकल र पीडितको ५ लाख रुपैयाँ सहित पक्राउ गरेको हो । फरार अन्य २ जनाको खोजी भइरहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले रुस र युक्रेन दुबैलाई भने ‘तिमी मूर्ख हौ, तिमी डरलाग्दो छौ’
-
शनिबार कति छ अमेरिकी डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
सडक पिच हुन थालेपछि किसानलाई कृषि उत्पादन बजारसम्म लैजान सहज
-
१४ ओभरको खेलमा पञ्जाबले मार्यो वाजी, ५ विकेटले हार्यो बैंग्लुरु
-
सबै वडामा आफ्नै भवन बनाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका
-
ला लिगा फुटबलमा इस्पानियोल विजयी