शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डिजिटल प्रविधिलाई समयसँगै अघि बढाउन जरुरी : गर्भनर

बिहीबार, ११ कात्तिक २०७८, १२ : ०४
बिहीबार, ११ कात्तिक २०७८

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल फाइनान्सियल सर्भिसलाई बेवास्ता गरेर अघि बढ्न नसकिने बताएका छन् । बिहीवार नक्सालमा रहेको भाटभटेनी सुपरमार्केटमा क्यूआरकोडबाट गरिने कारोबारको शुभारम्भ गर्दै गभर्नर अधिकारीले अबको समयमा डिजिटल फाइनान्सियल सर्भिसलाई आत्मसात गरेर अगाडि बढ्नुपर्ने बताएका हुन् । उनले विद्युतीय माध्यमको फाइदा धेरै भएकोले डिजीटल प्रविधिलाई समयसँगै अघि बढाउन जरुरी रहेको बताए । क्यूआर कोड मार्फत् भुक्तानी गर्दा समयको बचतसँगै पैसा लेनदेनसम्बन्धी अनेकन झन्झटबाट मुक्त हुने उनको धारणा छ । 

गभर्नर अधिकारीले डिजिटल नेपालको अभियानलाई चाँडै सफल बनाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । उनले क्यूआर कोडको महत्व नेपालको  राष्ट्रिय हितको सन्दर्भमा विशेष रहेको बताउँदै सबैले आन्तरिक लाभ लिन सकिने र यसका लागि नेपाल राष्ट्र बैंकले प्रोत्साहित गरिरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप