मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

आर्यनसँग सेल्फी लिने किरण गोसावी पक्राउ

बिहीबार, ११ कात्तिक २०७८, ११ : ५९
बिहीबार, ११ कात्तिक २०७८

बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खानमाथि चलिरहेको लागु औषध मामिलामा नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीपी) का स्वतन्त्र साक्षी किरण गोसावीलाई पुणे सिटी पुलिसले पक्राउ गरेको छ । किरण गोसावी निजी (स्वघोषित) जासुस हुन् र आर्यन खान मामिलामा एनसीबीले उनलाई स्वतन्त्र साक्षी बनाएको थियो । गोसावीलाई पुणे प्रहरीले सन् २०१८ को एक ठगी मुद्दामा पक्राउ गरेको हो ।

आर्यन खानसँग किरण गोसावीले सेल्फी लिँदै गरेका तस्बिर भाइरल बनेको थियो । आर्यन पक्राउ परेपछि त्यो तस्बिर थियो । त्यस तस्बिरपछि उनी गुमनामजस्तै बनेका थिए । यसपछि यस मामिलामा उनको भूमिकालाई लिएर कयौँ प्रश्नहरू उठेका थिए । एनसीबीको छापाको उनको उपस्थितिमा धेरैको प्रश्न थियो । पछि उनले उत्तर प्रदेशमा रहेको र उनले यूपी प्रहरीसमक्ष आत्मसमर्पण गर्ने समाचार पनि बाहिर आएको थियो ।

बुधबार उनी पुणे पुगेको र मुम्बईमा एनसीबी अधिकारीहरू समक्ष उपस्थित हुने समाचार एजेन्सीहरूलाई बताइएको थियो । पुणे प्रहरीका कमिस्नरका अनुसार पुणे प्रहरीको क्राइम बान्चले उनलाई बिहीबार बिहान मुम्बई जान अघि पक्राउ गरेको हो । सन् २९ मे, २०१८ मा फरास्खाना प्रहरी स्टेसनमा उनीविरुद्ध चिन्मय देशमुखले एफआईआर दर्ता गरेको प्रहरीको भनाइ छ । एफआईआर अनुसार गोसावीले सामाजिक सञ्जालमा एक होटल म्यानेजमेन्टको जागिरका लागि विज्ञापन पोष्ट गरेका थिए । देशमुख जागिरका लागि सम्पर्कमा आएका थिए ।

किरणले देशमुखसँग मलेसियामा जागिर लगाइदिने भन्दै खातामा ३.०९ लाख भारतीय रुपैयाँ ट्रान्सफर गर्न लगाएको आरोप छ । किरणले पैसा त लिए तर देशमुखले जागिर पाएनन् । जब उनले पैसा फिर्ता पाएनन्, उनले प्रहरीमा उजुरी दर्ता गरे । किरणविरुद्ध थप तीनवटा ठगी उजुरी दर्ता भएको पनि बताइएको छ । सन् २००७ र २०१५ देखि २०१७ मा ती उजुरीहरू दर्ता भएको बताइएको छ ।

बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप