शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तरलता व्यवस्थापनका लागि २० अर्ब रुपैयाँ बजारमा पठाउँदै राष्ट्र बैंक

बिहीबार, ११ कात्तिक २०७८, ११ : ५५
बिहीबार, ११ कात्तिक २०७८

बढ्दो तरलता अभावको समस्यालाई सम्बोधन गर्न राष्ट्र बैंकले बिहीबार बजारमा थप २० अर्ब रुपैयाँ सापटी पठाउने भएको छ । १४ दिनको अवधिका लागि बैंकले रिपो मार्फत बजारमा नगद प्रवाह गर्ने भएको हो । कार्तिक ११ गते अर्थात् बिहीबारदेखि आगामी कार्तिक २५ गतेसम्मका लागि खुल्ला हुने रिपोमा इजाजत प्राप्त ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंकहरुले आवेदन दिन सक्नेछन् ।  

बजारमा तरलता अभावको समस्यालाई ध्यानमा राख्दै राष्ट्र बैंकले रिपो मार्फत नगद प्रवाह गर्दै आएको छ । केही दिन अघि मात्र बैंकले उस्तै रिपो मार्फत बजारमा १० अर्ब रुपैयाँ पठाएको थियो । 
पछिल्लो समय बैंकिङ क्षेत्रमा निक्षेप संकलनदर भन्दा कर्जा माग बढ्न गई तरलता अभावको सिर्जना भएको बताइएको छ । निक्षेप संकलनदर बढाउनकै लागि पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रहरुले आफु खुशी निक्षेपको ब्याजदर वृद्धि गरेका छन् । 

हाल बैंकहरुले निक्षेपमा अधिकतम ९.३७ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् । तथापि, बजारको तरलता अभावको समस्या समाधान हुन नसकिरहेको बैंकले जनाएका छन् । बुधबारसम्म बैंक वित्तीय संस्थाले १० खर्ब ९१ अर्ब ६४ करोड ५० लाख अस्थायी तरलता सुविधाको प्रयोग गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप