बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुनको मूल्य ४०० रुपैयाँले बढ्यो

बिहीबार, ११ कात्तिक २०७८, ११ : ३०
बिहीबार, ११ कात्तिक २०७८

बिहीबार छापावाला सुनको मूल्यमा ४०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको तुलनामा आज बिहीबार सुन तोलामा ४०० रुपैयाँले वृद्धि हुँदै ९२ हजार ४०० रुपैयाँ पुगेको हो । 

गत बुधबार सुन तोलामा अधिकतम ६०० रुपैयाँले सस्तिँदै ९२ हजार रुपैयाँमा झरेको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपैयाँले नै वृद्धि हुँदै ९१ हजार ९०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । तर, यता चाँदीको मूल्य भने गत बुधबार कै मूल्य कायम हुँदै आज प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप