बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानन्यायाधीशमाथि लागेको आरोप न्याय क्षेत्रकै नमेटिने धब्बा : समाजवादी केन्द्र नेपाल

बिहीबार, ११ कात्तिक २०७८, ११ : २५
बिहीबार, ११ कात्तिक २०७८

समाजवादी केन्द्र नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामाका लागि सुझाव दिएको छ । सो पार्टीका अध्यक्ष युवराज सफलले विज्ञप्ति जारी गर्दै  प्रधानन्यायाधीश जबरामाथि लागेको आरोप आरोपमात्र नभएर नेपालको न्याय क्षेत्रको एउटा नमेटिने कालो धब्बा भएको पनि उल्लेख गरेका छन् ।

न्याय क्षेत्रलाई त्यो धब्बाबाट मुक्त गर्न प्रधानन्यायाधीशले राजीनामा दिनु नै पहिलो विकल्प भएको विज्ञप्तिमा उल्लेख छ । जिल्ला अदालत, उच्च अदालत, विशेष र सर्वोच्च अदालतजस्ता निकायमा पीडितलाई न्याय दिनेभन्दा पनि सेटिङ मिलाएर फैसला गर्ने र पीडितलाई झन् पीडित बनाउने कार्य हुने हुँदा तत्काल सबै अदालत विघटन गरी त्यसको विकल्पमा नागरिक न्यायालय स्थापना गरी आम नागरिकलाई न्याय दिन पनि विज्ञप्तिमार्फत माग गरिएको छ ।

अदालतका सम्पूर्ण कर्मचारी, प्रधानन्यायाधीश र न्यायाधीशहरुको सम्पत्ति छानविन गरी आवश्यक कारबाही गर्न पनि सो पार्टीले सरकारसँग माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप