कति छ आज विदेशी मुद्राको विनिमयदर ?

आज बिहीबार एक अमेरिकी डलरको बिक्री मूल्य १२०.३५ र खरिद मूल्य ११९.७५ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय तोक्दै अमेरिकी डलरको भाउ कायम गरेको हो । यस्तै, एक युरोको बिक्री मूल्य १३९.५० रुपैयाँ कायम हुँदा खरिद मूल्य १३८.८० रुपैयाँ कायम भएको छ । पाउण्डको बिक्री १६५.२८ रुपैयाँमा भइरहँदा १६४.४५ रुपैयाँमा खरिद भइरहेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
सिंगापुर डलर किन्दा सर्वसाधारणले ८९.१५ रुपैयाँ तिर्नुपर्छ भने बेच्दा ८८.७१ रुपैयाँ पाउँछन् । यस्तै, १० जापानी येन किन्दा १०.५८ रुपैयाँ तिर्नुपर्छ भने बेच्दा १०.५३ रुपैयाँ पाउने केन्द्रीय बैंकको भनाइ छ । यस्तै, चिनियाँ युवानको बिक्री दर १८.८२ रुपैयाँ ताथ खरिद दर १८.७३ रुपैयाँ, साउदी रियालको बिक्री दर ३२.०९ र खरिद दर ३१.०९ रुपैयाँ तोकिएको छ । यता कतारी रियालको बिक्री ३३.०५ रुपैयाँ हुँदा खरिद दर ३२.८९ रुपैयाँ कायम छ ।
संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री मूल्य ३२.७६ र खरिद दर ३२.६० तथा मलेसियन रिंगटको बिक्री २८.९७ र २८.८२ रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे
-
एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण