शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन क्षेत्रमा प्रचण्ड

बिहीबार, ११ कात्तिक २०७८, ११ : ०२
बिहीबार, ११ कात्तिक २०७८

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो निर्वाचन क्षेत्र चितवनको माडी पुगेका छन् । मंगलबार चितवन पुगेका पूर्वप्रधानमन्त्री प्रचण्डले बुधवार साँझ आफ्नो निर्वाचन क्षेत्रको भ्रमण गरेका हुन् । उनले माडीस्थित गठबन्धन दलका प्रतिनिधिहरूसँग समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल गरेका थिए । उनले गठबन्धन दलका सहयात्रीहरूले खेल्नुपर्ने भूमिका र समग्र माडीको विकासका बारेमा पनि चासो व्यक्त गरेका उनको निजी स्रोतले बतायो । 

उनी माडीको प्रमुख पर्यटकीयस्थल सोमेश्वर गढीमा मर्निङ वाकमा पुगेका थिए। करिब एक किमि पैदल हिँडेर प्रचण्ड सोमेश्वर पुगेका हुन् । सो अवसरमा अध्यक्ष प्रचण्डले गढीमा कुदिएका ५३ वटा कलात्मक विशाल मूर्तिहरूको अवलोकन पनि गरे । सोमेश्वर गढी भ्रमण वर्षका लागि छनौट भएका एक सय गन्तव्य मध्येको एक हो ।  

माडीका मेयर ठाकुरप्रसाद ढकाल, भरतपुर महानगरका मेयर रेनु दाहाल, स्वकीय सचिव गंगा दाहाल, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, चितवन प्रहरी प्रमुख ओमप्रसाद अधिकारी सहितको टोली सोमेश्वर गढी पुगेका थिए । मेयर ढकालले सोमेश्वर गढीमा सिँढी निर्माण र भ्युटावर निर्माण गर्न पूर्वप्रधानमन्त्री प्रचण्डले प्रतिवद्धता जनाएको बताए ​। सोमेश्वर गढीमा  २०७७ मा ढुंगामा मूर्ति कुदिएको थियो । सोमेश्वर गढी नेपाल–भारत सीमा स्तम्भ समेत छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप