चोलेन्द्र श्रीमान्को एकल इजलासमा २८ मुद्दा !
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबार पनि आफ्नै एकल इजलासमा पेसी तोकेका छन् । बुधबार आफ्नो इजलासमा ५ वटा मुद्दा राखेर ५ वटै मुद्दामा आदेश गरेका प्रधानन्यायाधीश जबराले बिहीबार भने २८ वटा मुद्दाको एक्लै भारी बोकेका हुन् ।
सर्वोच्चका अन्य न्यायाधीशहरु इजलास बहिष्कार गरेर पेसीको भद्र अवज्ञा गर्दा प्रधानन्यायाधीश जबरा भने एकल इजलासमा पेसी राखेर मुद्दाको सुनुवाई गरिरहेका छन् । अन्य न्यायाधीशहरूले राजीनामा माग गरिरहँदा प्रधानन्यायाधीश भने राजीनामा नदिने र सक्छौ भने महाभियोग लगाएर हटाउ भन्दै चुनौती दिइरहेका छन् ।
बिहीबार प्रधानन्यायाधीश जबराले प्रसिद्ध समृद्ध इन्भेष्टमेन्ट एण्ड बिल्डर्स प्रालि, टासी सान्डुप गुरुङ र सान्डुप घले भन्ने सान्डुप गुरुङको लागु औषधसम्बन्धी मुद्दा, शेख सम्सुर एलोनको लागूऔषध मुद्दा तथा उत्प्रेषणसहितको माग गरिएको अन्य मुद्दाहरु रहेका छन् ।
सर्वोच्चमा प्रधानन्यायाधीश जबराविरुद्ध उत्रिएका न्यायाधीशहरूले भने समय कटाउनकै लागि भएपनि बिहीबार पनि साढे ११ बजेका लागि बैठक राखेका छन् । उनीहरुले प्रधानन्यायाधीशले तोकेका पेसी बहिष्कार गर्नकै लागि बैठक राखेको एक न्यायाधीशले रातोपाटीलाई बताए । अन्य न्यायाधीशहरूले गत आइतबारदेखि कुनैपनि मुद्दाको सुनुवाई गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा आर्सनललाई घाटा
-
ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
-
प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म