शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राज–शिल्पाको ५० करोडको मानहानिविरुद्ध शर्लिनद्वारा ७५ करोडको मुद्दा दर्ता

बिहीबार, ११ कात्तिक २०७८, १० : ३२
बिहीबार, ११ कात्तिक २०७८

शर्लिन चोपडाले बुधबार राज कुन्द्रा र शिल्पा शेट्टीविरुद्ध पठाइएको जवाफी नोटिसबारे पत्रकार सम्मेलनको आयोजना गरेकी छन् । पत्रकार सम्मेलनमा शर्लिनले राज र शिल्पाले आफूलाई अन्डरवर्ल्डको धम्की दिएको र त्यसपछि मानहानिको नोटिस पठाएको पनि दाबी गरिन् । उनले राज र शिल्पालाई जवाफी नोटिस पठाउँदै मानसिक प्रताडनाका लागि ७५ करोड रुपैयाँ माग गरेको पनि जानकारी दिइन् ।

शर्लिनले आफ्नो उजुरीमा कारबाही अघि बढाउन मुम्बई प्रहरीलाई आफ्नो बयान दर्ता गर्न आग्रह गरेकी छिन् । शर्लिनले १४ अक्टोबरमा जुहू प्रहरीमा दर्ता गरेको उजुरीमा राज कुन्द्राको जेएल स्ट्रीम कम्पनीले तीनवटा भिडियो सुट गराएको तर वाचा अनुसार पैसा नदिएको आरोप लगाएकी छन् । उनले राज कुन्द्राले नायिकाहरूको प्रयोग गरेपछि उनीहरूलाई पैसा नदिने पनि बताएकी छन् ।

शर्लिनले मिडियामार्फत मुख्यमन्त्री उद्धव ठाकरेसँग मुम्बई प्रहरीलाई आफ्नो बयान दर्ता गर्न निर्देशन दिन अपिल गरिन् । ‘शिल्पा र राजको कर्तुत सबैलाई थाहा छ । पोर्नोग्राफी केसका मुख्य अभियुक्त जसविरुद्ध क्राइम ब्रान्चले १५ सय पृष्ठ लामो चार्ज सिट फाइल गरेको छ । उनीहरूको इज्जत के होला ?,’ शर्लिनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप