राज–शिल्पाको ५० करोडको मानहानिविरुद्ध शर्लिनद्वारा ७५ करोडको मुद्दा दर्ता
शर्लिन चोपडाले बुधबार राज कुन्द्रा र शिल्पा शेट्टीविरुद्ध पठाइएको जवाफी नोटिसबारे पत्रकार सम्मेलनको आयोजना गरेकी छन् । पत्रकार सम्मेलनमा शर्लिनले राज र शिल्पाले आफूलाई अन्डरवर्ल्डको धम्की दिएको र त्यसपछि मानहानिको नोटिस पठाएको पनि दाबी गरिन् । उनले राज र शिल्पालाई जवाफी नोटिस पठाउँदै मानसिक प्रताडनाका लागि ७५ करोड रुपैयाँ माग गरेको पनि जानकारी दिइन् ।
शर्लिनले आफ्नो उजुरीमा कारबाही अघि बढाउन मुम्बई प्रहरीलाई आफ्नो बयान दर्ता गर्न आग्रह गरेकी छिन् । शर्लिनले १४ अक्टोबरमा जुहू प्रहरीमा दर्ता गरेको उजुरीमा राज कुन्द्राको जेएल स्ट्रीम कम्पनीले तीनवटा भिडियो सुट गराएको तर वाचा अनुसार पैसा नदिएको आरोप लगाएकी छन् । उनले राज कुन्द्राले नायिकाहरूको प्रयोग गरेपछि उनीहरूलाई पैसा नदिने पनि बताएकी छन् ।
शर्लिनले मिडियामार्फत मुख्यमन्त्री उद्धव ठाकरेसँग मुम्बई प्रहरीलाई आफ्नो बयान दर्ता गर्न निर्देशन दिन अपिल गरिन् । ‘शिल्पा र राजको कर्तुत सबैलाई थाहा छ । पोर्नोग्राफी केसका मुख्य अभियुक्त जसविरुद्ध क्राइम ब्रान्चले १५ सय पृष्ठ लामो चार्ज सिट फाइल गरेको छ । उनीहरूको इज्जत के होला ?,’ शर्लिनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिवसताक्षीमा फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध
-
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, कस्तो रहला देशभरको मौसम ?
-
शीर्ष क्लब लिभरपुल, एटलेटिको मड्रिड, बार्सिलोना र एटलान्टा च्याम्पियन्स लिगको अन्तिम १६ मा
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती
-
फेरि बढ्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?