शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा लागुऔषधसहित २ युवक पक्राउ

बिहीबार, ११ कात्तिक २०७८, १० : १४
बिहीबार, ११ कात्तिक २०७८

रौतहटस्थित प्रहरीले लागुऔषधसहित २ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर नगरपालिका–५ का २२ वर्षीय रोज मोहमद र वडा–२ का ३७ वर्षीय देवेन्द्र दास छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी  लिलाराज लामिछानेका अनुसार विशेष इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र लागुऔषध नियन्त्रण ब्यूरो वीरगंजको  संयुक्त टोलीले चन्द्रपुर–४ स्थित चोकमा चेकजाँचको क्रममा रोज मोहम्मदको  झोला भित्र लुकाई  ल्याएको १० प्याकेट ३ हजार टयाव्लेट लागुऔषध फेला परेको थियो ।  

रोज मोहम्मदसँग सोधपुछ गर्दा देवेन्द्र दासले दिएर पठाएको बताएपछि दाशलाई पनि चन्द्रनिगाहपुरबाटै पक्राउ गरीएको डिएसपी लामिछानेले जानकारी दिए।  पक्राउ पर्नेहरूलाई लागुऔषध शिर्षकमा मुद्दा दर्ता गरी बुधबार जिल्ला अदालत गौरबाट म्याद थप गरी  अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप