बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रसव पीडा कम गर्न गर्भवती महिलाले खानै पर्ने खजुर

बिहीबार, ११ कात्तिक २०७८, ०९ : २४
बिहीबार, ११ कात्तिक २०७८

एजेन्सी । खजुरलाई सुपरफुड मानिन्छ । यसमा स्वस्थकर फ्याट, सोडियम, डाइटरी फाइबर, प्राकृतिक चिनी, प्रोटिन, भिटामिन डि, आइरन र पोटाशियम जस्ता पोषक तत्वहरु पाइन्छन् । खजुर गर्भवती महिलाहरुका लागि सबैभन्दा फाइदाजनक मानिन्छ । चिकित्सकका अनुसार प्रसव पीडा कम गर्नका लागि यसको भूमिका महत्वपूर्ण रहन्छ । यसको सेवनले रगतको प्रवाह सही मात्रामा हुने गर्छ । जसले गर्भाशय ग्रीभामा लचिलोपन र तन्किने क्षमता बढाउने भएकाले प्रसव पीडा कम गर्छ । त्यसैले गर्भवती महिलाहरुले हरेक दिन खजुर खानु फाइदाजनक हुन्छ ।

खजुरका फाइदाहरुः
–खजुरमा पाइने पोटाशियम र सोडियमले शरीरको स्यानु प्रणालीलाई लाभ गराउँछ ।

–खजुरको सेवनले छालामा आउने चाउरीपन र बुढ्यौलीपन छिट्टै आउन दिँदैन ।

–खजुरमा भारी मात्रामा मिनरल हुन्छ । जसले हड्डीहरुलाई मजबुत गराउँछ । यसमा क्याल्शियम, सेलेनियम, म्यागनीज र कपरको मात्रा धेरै हुन्छ ।

–खजुरमा भारी मात्रामा भिटामिन ए, एन्टिअक्सिडेन्ट हुने भएकाले यसले आँखालाई स्वस्थ राख्छ ।

–खजुरमा चिनी, भिटामिन र प्रोटिन हुने भएकाले तौल कम भएकाहरुको बढाउन मद्दत गर्छ ।

–खजुरमा फाइबरको मात्रा धेरै हुने भएकाले यसले कब्जियतको समस्या कम गर्न मद्दत गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप